१२ श्रावण २०८१, शनिबार

ओलीको तस्विर निधारमा छापेर प्रदर्शन

प्रकाशित मिति :  11 July, 2021 6:04 pm


काठमाडौ । प्रधानमन्त्री तथा नेकपा एमााले अध्यक्ष केपी शर्मा ओली पक्षधर नेकपा एमालेको भातृ संगठन युवा संघ र नेपाल खेलकूद महासंघ सदस्यहरूले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् ।

ओली समर्थित युवा संघ र खेलकूद महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा, संविधान र ओलीको डमी लिएर आइतबार प्रदर्शन गरे ।

प्रदर्शन गर्दै युवा संघका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री ओलीको समर्थनमा नारा लगाएका थिए ।

खेलकूद महासंघका अध्यक्ष रमेश पौडेललगायतको नेतृत्वमा प्रदर्शनकारीहरूले माइतीघर मण्डललगायत क्षेत्रमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरूले निधारमा ओलीको तस्विर अंकित गरी जुलुशमा सहभागी भएका थिए ।



प्रतिक्रिया दिनुहोस !