१२ श्रावण २०८१, शनिबार

जनता समाजवादी पार्टी एकीकरण खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट

प्रकाशित मिति :  11 July, 2021 7:51 pm


काठमाडौ । जनता समाजवादी पार्टीको एकीकरण खारेज गरी पाउन भनी सर्वोच्चमा रिट निवेदन दायर गरिएको छ ।

राष्ट्रिय जनता पार्टीका तत्कालीन उपाध्यक्ष राजकुमार थापको तर्फबाट कानुनका विद्यार्थी ह्दयराज मिश्रले सो रिट निवेदन दायर गरेका हुन् । अग्राधिकार दिएर राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी बिच भएको एकीकरणलाई खारेज गदै धारा ४९ बमोजिम अन्तरिम आदेश माग गरिएको हो ।

जनता समाजवादी पार्टीको रूपमा निर्वाचन आयोगले गरेको एकीकरण मान्य वैधानिक प्रावधानहरूको अनुपालन नगरी गरिएकोले त्यसलाई खारेज गर्न मागदाबी प्रस्तुत गरिएको हो ।

राष्ट्रिय जनता पार्टी नेपालको प्रतिनिधित्व नगराइएको ,जनशक्ति पार्टीको नेपालको प्रतिनिधित्व नगराइएको र संविधानको धारा २६९ बमोजिमका सर्त अनुसार केन्द्रीय समिति एक तिहाई महिला समावेश नगराइएको उल्लेख गरिएको छ । साथै सहिद परिवार दलित जनजातिको प्रतिनिधित्व नभएको उल्लेख गरिएको छ ।

यसैगरी पहाड हिमार तराईको जनभावनाको प्रतिनिधित्व नभएको उल्लेख गरी जनता समाजवादी पार्टीको एकीकरण खारेज गर्न माग गरिएको हो ।

निर्वाचन आयोगले २०७७/३/२४मा दुई दल एकीकरण गरी २०७७/३/२८मा राजनीतिक दल एकीकरणको प्रमाण पत्र आयोगबाट प्राप्त गरिएको अवस्था समेत रहेको भएपनि सो एकीकरण मान्य प्रावधान विपरीत भएकोले खारेज गरी पाउँ भनी माग गरिएको छ ।

यो रिट निवेदनमा निर्वाचन आयोग, जनता समाजवादी पार्टी समेतलाई विपक्षी बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !