सर्वोच्च अदालतद्वारा प्रतिनिधि सभा विघटन बदर
प्रकाशित मिति : 12 July, 2021 1:36 pm

काठमाडौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । साथै शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरेको विरोधमा परेको रिटमा सुनुवाई गरी सर्वोच्चले सोमबार सो विघटन बदर गरेको हो ।
संविधानको ७६ (५) बमोजिम प्रतिनिधि सभाको कुनै सदस्यले बहुमतको आधार प्रस्तुत गरेमा राष्ट्रपतिले सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधानको उल्लंघन गरी राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।