१२ श्रावण २०८१, शनिबार

नेप्से ४५ अंकले घट्दा कारोबार रकम १० अर्बको हाराहारीमा

प्रकाशित मिति :  12 July, 2021 3:49 pm


काठमाडौं । साताको पहिलो दिन भारी अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज नेप्से दोस्रो दिन आज दोहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने उछाल आएको छ ।

आज नेप्से परिसूचक ४५.०६ अंकले घटेर २८५४.७६ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.६२ अंकले घटेर ५३४.८१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये एउटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी १४ वटा उपसमूहको परिसूचक घटेको छ ।

आज कारोबारको आधारमा निर्धान उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ४७ करोड २६ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । सोमबार सर्वाधिक कारोबार कम्पनीहरूमा क्रमश एनआईसी एशिया बैंक लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड संस्थापक सेयर, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल बैंक लिमिटेड, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, हिमायन डिष्टीलरी, नबिल बैंक लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

आज नेप्सेमा सबैभन्दा धेरै गुमाउने कम्पनीहरुमा क्रमश युनियन हाइड्रोपावर कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर, ओरियन्टल होटल, महुली सामुदायिक लघुवित्त, शीव श्री हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड र बोटलर्स नेपाल ९तराइ० लिमिटेड रहेका छन् ।

नेप्सेमा आज कूल २२९ वटा कम्पनीको दुई करोड ६० लाख ८ लाख २१ हजार १०४ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !