१२ श्रावण २०८१, शनिबार

आतंकवादी लडाकुको आक्रमणबाट पाकिस्तानमा एक सैनिकको मृत्यु

प्रकाशित मिति :  13 July, 2021 9:23 am


बलोचिस्तान, पाकिस्तान । पाकिस्तानको बलोचिस्तान प्रान्तमा फ्रन्टिअर कोर्प बलोचिस्तानका एक सैनिकको आतंकवादी हमलामा परि ज्यान गएको छ । बलोचिस्तानको होशब जिल्लामा आतंकवादी लडाकुको आक्रमणमा फ्रन्टिअर कोर्प बलोचिस्तानमा कार्यरत एक सेनाको ज्यान गएको छ । आतंकवादी आक्रमणमा सेना किफायत उल्लाहको ज्यान गएको पाकिस्तान शसस्त्र बलको मिडिया तथा पब्लिक रिलेसन निकाय आइएसपीआरले जनाएको छ ।

आक्रमकारी आतंकवादीमाथि सेनाले कारबाही जारी राखेको छ । गत साता पनि बलोचिस्तानको सिबि क्षेत्रमा गस्तीमा रहेका सेनामाथि आतंकवादी लडाकुहरुले हमला गर्दा पाँच सैनिकहरुको ज्यान गएको थियो । पाकिस्तानको अफ्गानिस्तान र इरानसँगको सीमाक्षेत्र सुरक्षाका लागि बलोचिस्तान र खेबर पख्तुन्ख्वा प्रान्तहरुमा फ्रन्टिअर कोर्प बलोचिस्तान सेना खटाईएको छ ।

पाकिस्तानमा यो बर्ष २०२१ को पहिलो चार महिनामा मात्रै विभिन्न हिंसात्मक घटनाहरुमा परि करिब दुई सय जनाले ज्यान गुमाएका छन् । ती मध्ये ७० प्रतिशत ज्यान गुमाएकाहरु खेबर पख्तुन्ख्वा र बलोचिस्तान प्रान्तका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !