१२ श्रावण २०८१, शनिबार

भारतमा नौसैन्य जहाजद्धारा कतार र कुवेतबाट स्वास्थ्य सामाग्री आयात

प्रकाशित मिति :  13 July, 2021 9:35 am


नयाँ दिल्ली । कोरोना भाइरस माहामारीको समयमा भारतले नौसैन्य जहाजद्धारा कतार र कुवेतबाट स्वास्थ्य सामाग्री आयात गरेको छ । भारतले नौसैन्य जहाज मार्फत अक्सिजन सिलिण्डर, तरल मेडिकल अक्सिजन, १५ वटा अक्सिजन कन्सन्ट्रेटर जस्ता स्वास्थ्य सामाग्री कतार र कुवेतबाट आयात गरेको छ ।

शर्दुल नौसैन्य जहाजमार्फत सात हजार छ सय चालिस वटा भरिएको ग्यास सिलिण्डर, एक्काईस मेट्रिक टन तरल मेडिकल अक्सिजनको दुई आइएस्ओ कन्टेनर र पन्ध्र वटा अक्सिजन कन्सन्ट्रेटर कतार र कुवेतबाट मुम्बई बन्दरगाहमा ल्याईएको हो । शर्दुल नौसैन्य विमान खाडी मुलुकहरुबाट तरल मेडिकल अक्सिजन ढुवानीकै लागि परिचालित गरिएको छ । कोरोना भाइरस माहामारि बिरुद्ध भारतीय नौसेनाले परिचालन गरेको अपरेसन समुद्र सेतु दुई अभियान अन्तर्गत पछिल्लो समय कुवेत र कतारबाट स्वास्थ्य सामाग्री ढुवानी गरेको हो ।

कोरोना भाइरस माहामारीको समयमा यो अभियान अन्तर्गत भारतीय नौसेनाले फ्रन्टलाइन युद्धपोतहरुलाई स्वास्थ्य सामाग्रीहरु ढुवानीका लागि परिचालन गरेको छ । स्रोत ईण्डीया टुडे



प्रतिक्रिया दिनुहोस !