१२ श्रावण २०८१, शनिबार

कांग्रेस सभापति देउवासँग छलफल गरेर सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउने माओवादी केन्द्रको निर्णय

प्रकाशित मिति :  13 July, 2021 11:47 am


काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले सभापति देउवासँग सरकार सञ्चालनको विधि र प्रक्रिया लगायतका विषयमा छलफल गरेर सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको हो ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,“हामीले कांग्रेस सभापति शेरबहादुर देउवा जीसँग छलफल गर्छौ र सरकार सञ्चालनका विधि प्रकृया लगायतका विषयमा छलफल गरेर ठोस निर्णय गर्छौ ।”

मन्त्रिपरिषद गठनअघि विपक्षी गठवन्धनका शिर्ष नेताहरूले आपसी छलफल गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !