१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने

प्रकाशित मिति :  13 July, 2021 11:53 am


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओलीले सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्नेछन् ।

सर्वोच्च अदालतले हिजो संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

देउवालाई आजै पद तथा गोपनीयताको सपथ गराउने तयारी भएको छ । सिंहदरबार छोड्नु अघि ओलीले सम्बोधन गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !