देउवाले प्रधानमन्त्रीको सपथ ६ बजे लिने
प्रकाशित मिति : 13 July, 2021 2:08 pm

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचौ पटक प्रधानमन्त्रीको सपथ साँझ ६ बजे लिने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।
सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै दुई दिन भित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनी गरेको फैसला अनुसार राष्ट्रपतिले देउवालाई नियुक्त गरेकी छिन् ।
मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिए अनुसार राष्ट्रपतिले नियुक्त गरेको जानकारी राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी सार्वजनिक गरेकाा छन् ।
राष्ट्रपति कार्यालयल देउवाको सपथ ग्रहण साँझ ६ बजेकाले तोकि दिए अनुसार देउवाले आाफ्नो पाँचो पटकको सपथ ६ बजे लिने भएका हुन् ।