१२ श्रावण २०८१, शनिबार

सांग्रिला बैंकको बोनस सेयर डिम्याट खातामा जम्मा

प्रकाशित मिति :  13 July, 2021 3:23 pm


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुको डिम्याट खातामा ५ प्रतिशत बोनस सेयर जम्मा गरेको छ ।

बैंकले २०७७ चैत ९ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा ५ प्रतिशतका दरमा बोनस सेयर जम्मा गरेको हो । सो अवधिसम्म भौतिक सेयर प्राप्ता गरेका सेयरधनीहरुलाई बैंकले शिघ्र सेयर अभौतिकीकरण गराई आफ्नो खाताको विवरण बुझाउन अनुरोध गरेको छ ।

२०७७ चैत २३ गते सम्पन्न भएको बैंकको १६ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
बैंकको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस !