ओलीको विदाइ सम्बोधन,‘बादल हटाएर सूर्य उदाउने छ’
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विदाइ सम्बोधनमा ‘बादल हटाएर सूर्य उदाउने’ विश्वास व्यक्त गरेका छन् ।
सर्वोच्च अदालतको फैसलाले नेपाली कांग्रेस शेरबहादुर देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्री बनाउन भएको परमादेशबाट बालुवाटारबाट बाहिर हुन अघि देशका नाममा गरेको सम्बोधनमा ओलीले सम्बोधन अन्त्य गर्दा यस्तो बताए ।
सर्वोच्चको फैसला, विभिन्न पार्टीका नेता, आफ्नै पार्टीका नेता तथा विपक्षी गठबन्धनलाई सम्बोधनका क्रममा विरोध गर्दै आफूले देश र जनताका लाागि सरकारको नेतृत्व गरी काम गरेको बेलीविस्तार सुनाउन अधिकांश समय खर्चेका ओलीले आफू जनताको आदेशबाट र शेर बहादुर देउवा अदालतको परमादेशबाट भएको बताए ।
सर्वोच्चले गरेको फैसलाबाट गलत नजीर बस्ने यसको परिणाम राम्रो नहुने बताए ।
आफूले लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका लागि लामो समय जेलनेल भोगेको बताउँदै आफूले लोकतन्त्रका लागि लागि जनतामा जाउँ भनेकाो बताए ।
प्रधानमन्त्रीले आफूले विभिन्न देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरूको सहयोगबाट कोरोनाभाइरसको खोप ल्याएको, विद्युत नपुगेको कर्णाली क्षेत्रमा विद्युत पुर्याएको तर भोलि देखि आउने सरकारले आफूले गरेको भन्न थाल्ने बताएका थिए ।
जनतामा जाने निर्णय लोकतन्त्र भएको र जनतामा आफ्नो विश्वास भएको र जान तयार रहेको उनले जनाए ।
आफ्ना पार्टीका नेता माधवकुमार नेपालले विद्रोही भनेर आफ्नो पार्टीको सरकार ढाल्न राष्ट्रपति समक्ष हस्ताक्षर लिएर गएको विषयमा ओलीले उनीहरू विद्रोही नभएर अनुशासनहीन र अराजक भएको बताए ।
जाँदा जाँदा सरकारलाई अहिलेसम्म सहयोग गर्ने देशका सबै आम जनता र मित्र देशका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई गरेको सहयोग प्रति ओलीले आभार प्रकट गरे ।