१२ श्रावण २०८१, शनिबार

आज नेप्से १६.३४ अंकले बढ्दा कारोबार रकममा भने गिरावट

प्रकाशित मिति :  13 July, 2021 5:14 pm


काठमाडौं । साताको दोस्रो कारोबार दिन दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से तेस्रो दिन आज दोहोरो अंकले बढेको छ ।
मंगलबार नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ ।

आज नेप्से परिसूचक १६.३४ अंकले बढेर २८७१.०३ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४।७४ अंकले बढेर ५३९.५१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये एउटा उपसमूहको परिसूचक घटेकोे छ भने बाँकी १४ वटा उपसमूहको परिसूचक बढेको छ ।

आज कारोबारको आधारमा नेपाल बंगलादेश बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ४५ करोड ४७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

मंगलबार ३ ओटा कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । सेयर मूल्य वृद्धि हुनेमा क्रमश सेन्टर फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मञ्चुश्री फाइनान्स कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको सेयर मूल्य झण्डै ७ प्रतिशत भन्दा बढीले बढेको हो ।

त्यस्तै सानिमा लार्ज क्याम्प फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।

नेप्सेमा आज कूल २२३ वटा कम्पनीको एक करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २६ हजार २२४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !