१२ श्रावण २०८१, शनिबार

सरकारमा जानेबारे जसपा कार्यकारिणी समितिमा छलफल

प्रकाशित मिति :  13 July, 2021 5:36 pm


काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गरिरहेको छ ।

पार्टीको कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सो बैठकको आयोजना गरिएको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादव र डा‘ बाबुराम भट्टराई पक्षधर काठमाडौमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सो बैठकमा सहभागी भएका हुन् ।

प्रतिनिधिसभा विघटन गरी निर्वाचनको माग गर्ने एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन बनेको प्रमुख दलहरूको गठबन्धनमा यादव भट्टराई समूह सहभागी रहेकाले सरकारमाा जाने विषयमा यो छलफलको आयोजना गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !