१२ श्रावण २०८१, शनिबार

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा सपथ ग्रहण, माओवादी केन्द्रलाई समेटेर मन्त्रिपरिषद गठन

प्रकाशित मिति :  13 July, 2021 9:03 pm


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

आज बेलुकी राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी हुन् ।

बेलुकी ६ बजे नै सपथ ग्रहण गराउने तयारी भएपनि नियुक्तिको भाषालाई लिए सभापति देउवाले आपत्ति जनाएका थिए । राष्ट्रपति कार्यालयबाट सार्वजनिक विज्ञप्तिमा ‘सर्वोच्चको फैसला बमोजिम’ नियुक्त गरेको उल्लेख भएपछि देउवाले सच्चाउनुपर्ने अडान राखेका थिए ।

नियुक्ति सच्चाएर देउवाले सपथ ग्रहण गरे ।  हिजो सर्वोच्च अदालतले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

कांग्रेसले गृह मन्त्रालय राखेर अर्थ मन्त्रालय माओवादी केन्द्र दियो

नेपाली कांग्रेसले अर्थ मन्त्रालय माओवादी केन्द्रलाई दिएको छ ।

विगतमा अर्थ मन्त्रालय प्रधानमन्त्री जुन पार्टीको छ उक्त पार्टीले नै राख्ने प्रचलन थियो । पार्टीभित्र पनि प्रधानमन्त्रीले आफ्नो विश्वास पात्रलाई अर्थमन्त्री बनाउने प्रचलन थियो । तर यसपटक प्रधानमन्त्री शेरबहादुर दोउवाले अर्थ मन्त्रालय माओवादी केन्द्रलाई दिएका हुन् ।

माओवादी केन्द्रबाट अर्थ मन्त्रालयको जिम्मेवारी जनार्दन शर्माले पाएका छन् भन उर्जा मन्त्रालयको जिम्मेवारी पम्फा भुसालले पाएकी छन् । देउवाले गृह मन्त्री बालकृष्ण खाँण बनाएका छन् भने कानुन मन्त्रीको ज्ञानेन्द्रबहादुर कार्कीलाई बनाएका छन् । नवनियुक्त मन्त्रीलाई प्रधानमन्त्री देउवाले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !