२ भाद्र २०७९, बिहिबार

युगाण्डामा कोरोनाका कारण एक नेपालीको मृत्यु

प्रकाशित मिति :  14 July, 2021 7:13 am


युगान्डा । युगान्डाको कम्पलामा कोरोना संक्रमणका कारण एक नेपालीको मृत्यु भएको छ ।

तनहुँका हिराबहादुर खड्कीको हिजो धिन भएको गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिकमत थापाले जानकारी गराएका छन् । ४७ बर्षका खड्कीको उपचारका क्रममा निधन भएको थापाले बताए ।

कम्पाला स्थित एक ट्राभल्स कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत खड्की एकमहिना अघि कोरोना संक्रमण भएपछि अस्पतालमा उपचाररत थिए । उनी अफ्रिकामा कोरोनाका कारण मृत्यु हुने छैठौं नेपाली हुन् ।



प्रतिक्रिया दिनुहोस !