१२ श्रावण २०८१, शनिबार

भियतनाम र चीनबीच पारासेल द्धीप समुहमाथि विवाद

प्रकाशित मिति :  14 July, 2021 8:16 am


भियतनाम । विवादित पारासेल द्धीप समुहमा अतिक्रमण गरेको भन्दै भियतनामले चीनको निन्दा गरेको छ ।पारासेल द्धीप समुहमा रिसर्च पानीजहाज पठाउने चीनको योजनालाई भियतनामले निन्दा गरेको हो । पारासेल द्धीप समुहमा पानीजहाज पठाएर चीनले भियतनामको सार्वभौमितामा हस्तक्षेप गर्न खोजेको भन्दै भियतनामले आलोचना गरेको छ ।

सन् १९७४ मा पारासेल द्धीप समुहमा चीन र भियतनामको नौसेना बीच तनाब भएयता दुई मुलुकले सो क्षेत्रमा क्षेत्राधिकारको दाबी गर्दै आएका छन् । भियतनामको अनुमति बिना पारासेल द्धीप समुहमा हुने गतिविधिले भियतनामको सार्वभौमिकताको उल्लंद्धघन हुने विदेश मन्त्रालयकी प्रवक्ता ली थी थु हा ले टिप्पणी गरेकी छन् ।

विभिन्न ऐतिहासिक तथ्य र प्रमाणको आधारमा पारासेल र स्प्राट्ले द्धीप समुहमा भियतनामको सार्वभौमिकता सुनिश्चित रहेको साथै संयुक्त राष्ट्रसंघको समुद्री कानुन सम्बन्धि घोषणापत्र अनुसार भियतनामी जल क्षेत्रमा पुर्ण अधिकार रहेको उनले बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस !