१२ श्रावण २०८१, शनिबार

जम्मु काश्मीरमा आतंकवादी गतिविधिमा संलग्न सरकारी कर्मचारीहरु बर्खास्त

प्रकाशित मिति :  14 July, 2021 8:20 am


श्रीनगर । भारतको जम्मु काश्मीरमा स्थित आतंकवादी गतिविधिमा संलग्न रहेका एघार सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ ।जम्मु काश्मीरमा एघार सरकारी कर्मचारीहरु आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा बर्खास्त भएका हुन् । बर्खास्त भएका मध्ये दुई जना इस्लामिक लडाकु समुह हिज्बुल मुजाहिद्दिनका प्रमुख सइद सलाउद्दिनका छोराहरु रहेको बताईएको छ ।

सलाउद्दिनका छोराहरु सइद अहमद सकिल र शाहिद युसुफले हिज्बुल मुजाहिद्दिन समुहलाई आर्थिक बन्दोबस्तको काम गर्ने गरेको खुलेको छ । जम्मु काश्मीरमा आतंकवाद माथि छानबीन गर्ने समितिले आतंकवादी गतिविधिमा संलग्न अभियुक्तहरुलाई सरकारी नोकरीबाट तत्काल हटाउनुपर्ने सिफारिस गरेको थियो । संवैधानिक र कानुनी आधारमा अभियुक्त सरकारी कर्मचारीलाई बर्खास्त गरिएको बताईएको छ ।

अनन्तनाग जिल्लास्थित दुई सरकारी शिक्षकहरु पनि राष्ट्रवाद विरोधी गतिबिधिमा संलग्न रहेको अभियोगमा बर्खास्त भएका छन् । त्यस्तै, प्रहरी अब्दुल रासिद शिगनले आफ्नै सुरक्षाकर्मी सेनामाथि आक्रमण गरेको पाईएको छ ।



प्रतिक्रिया दिनुहोस !