१२ श्रावण २०८१, शनिबार

निर्धन उत्थान लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

प्रकाशित मिति :  14 July, 2021 2:38 pm


काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको १३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको हो ।

कम्पनीले गत फागुन २५ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित सेयरयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले असार २१ गते उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत गराएको हो । गत असार २२ गतेदेखि कारोबारयोग्य भएको यो सेयर सम्बन्धित सेयरधनीहरुले आफ्नो डिम्याट खातामा जम्मा भइसकेकाले कारोबार गर्न सक्नेछन् ।

कम्पनीले हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई अभौतिकीकरण गराई आफ्नो बोनस सेयर सुरक्षित गर्न अनुरोध गरेको छ ।

कम्पनीको सेयर धितोबन्धक राखी कर्जा लिएका सेयरधनीहरुको हकमा भने बोनस सेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रहेको रोक्का जनाई हितग्राही खातामा जम्मा हुने हुँदा राफसाफ भइसकेको भए धितो बन्धक फुकुवा गर्न समेत कम्पनीले जानकारी दिएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस !