१७ बैशाख २०८१, सोमबार

नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयर विक्रीमा

प्रकाशित मिति :  14 July, 2021 2:47 pm


काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता रू। ४०० मूल्य तोकेर आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त सेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी यो सेयर विक्रीमा ल्याएको हो । तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा खुल्ला बजार मार्फत विक्री प्रकृया अघि बढाउने जानकारी कम्पनीले दिएको छ ।



प्रतिक्रिया दिनुहोस !