१२ श्रावण २०८१, शनिबार

कोरोनाविरुद्वको खोप खरिदका लागि ५ अर्ब रुपैयाँ निकासा गर्ने अर्थमन्त्री शर्माको निर्णय

प्रकाशित मिति :  14 July, 2021 2:46 pm


काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्दै कोरोना विरुद्वको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका छन् ।

माओवादी केन्द्रबाट देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका शर्माले पदभार ग्रहण गर्दै कारोना विरुद्ध थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका हुन् ।
आज नै उनले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्वीकृति सदर समेत गरेका छन् ।

नयाँ मन्त्रिपरिषदको हिजो बेलुकी बसेको पहिलो बैठकले चैत महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !