२३ बैशाख २०८१, आइतबार

सिवाईसी लघुवित्तले शालिग्राम लघुवित्तको प्राप्ति पश्चात् एकीकृत कारोबार सुरु

प्रकाशित मिति :  14 July, 2021 3:38 pm


काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात एकीकृत कारोबार सुरु गरेको छ । राष्ट्रिय स्तरको सिवाईसी नेपाल लघुवित्तले प्रदेश स्तरको शालिग्राम लघुवित्तलाई प्राप्ति गरेको हो ।

एकीकृत कारोबारको शुभारम्भ सिवाइसी नेपाल लघुवित्तको मुख्य प्रबर्द्धक संस्था चारतारे युवा क्लब नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्यनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्ण प्रसाद थापाले संयुक्त रुपमा गरेका हुन् ।

यी दुबै कम्पनीले जेठ २४ गते बसेको छुट्टा – छुट्टै विशेष साधारण सभा मार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २५ गते प्राप्तिका लागि अन्तिम स्वीकृती पाएसँगै एकीकृत कारोबार सम्पन्न भएको हो ।

शालीग्राम लघुवित्तको १०० कित्ता सेयर बराबर सिवाईसी नेपाल लघुवित्तलाई ७५ कित्ता सेयर दिने गरी शालीग्राम लघुवित्तलाई प्राप्ति गरेको हो ।



प्रतिक्रिया दिनुहोस !