१२ श्रावण २०८१, शनिबार

जनता समाजवादी पार्टीको ठाकुर पक्षभित्र देउवालाई समर्थन गर्ने बहस सुरु

प्रकाशित मिति :  14 July, 2021 4:02 pm


काठमाडौ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेतर्फ छलफल सुरु गरेको छ ।

ठकुर पक्षले तत्काल संसद विघटन गर्न नहुने निष्कर्ष निकाल्दै देउवालाई विश्वासको मत दिने गरी छलफल सुरु गरेको उक्त पार्टीका नेताहरुले जनाएको छन् ।

जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुने निर्णय नगर्नुको पछाडि ठाकुर पक्षलाई पनि हेरिरहेको भनिएको छ ।

निर्वाचनमा आयोगमा पार्टीको आधिकारिताबारे साउन तीन गते न्यायिक सुनुवाइको मिति तोकिएको छ । अर्को समाजवादी पार्टी र राजपा बिच भएको एकीकरणलाई मान्यता नदिने गरी एकीकरणको खारेज माग दाबीसहितको रिट निवेदन सर्वोच्चमा दायर गरिएको छ ।

सर्वोच्चबाट पार्टी एकीकरण प्रक्रियाबारे माग दाबी सहितको फैसला आए दुवै पार्टीसँग १७ सांसद हुने छ । दुवै पक्षले देउवालाई मतदान गरे आवश्यक गणपूरक संख्या प्राप्त हुनेछ ।

उपेन्द्र यादव पक्ष यसअघि नै देउवा पक्षमा खुलेर लागेको र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारबाट हटाउने अभियानमा लागेको थियो । तर ठाकुर पक्षले आफ्नो मागको सुनुवाइ गरेकोले सघाउने नीति लिएर ओली सरकारमा सहभागिता समेत जनाएको थियो ।

यसअधारमा ठाकुर देउवा गठबन्धनाबाट टाढिएको थियो । तर अहिले राजनीति परिवर्तन बदलिएको छ । ठाकुर पक्षले जसले माग मुद्दा सम्बोधन गर्छ त्यसको पक्षमा जाने नीति खुला रहेको ती दलका नेताहरूको भनाइ छ ।

ठाकुर निकट मानिएका जसपाका नेता डा. सुरेन्द्र झाले भने “ देउवाजीलाई विश्वासको मतका लागि हाम्रो आवश्यकता हुन सक्नेमा शंका छैन् । हामीले हाम्रा माग र मुद्दाबारे जुन दल सहयोग गर्छ त्यो दललाई सहयोग गर्ने नीति खुलाा छ । देउवा पक्षबाट मत माग्ने प्रयास भए त्यस अनुसार पार्टीले निर्णय गर्नेछ । अहिले कुनै निर्णय भएको छैन् ।”

जसपाका दुवै अध्यक्ष छुट्टा छ्ट्टै बस्ने निर्णय अनुसार निर्णयमा पुगे पनि औपचारिक निर्णय नआइसकेकोले दुवै पक्ष पर्ख र हेरको नीति अपनाएका छन् ।

जसपाका अर्का नेता सत्यनारायण मण्डलका अनुसार देउवालाई विश्वास मत प्राप्त हुन गाह्रो नदेखिएको बताए । देउवा ७६(५) अनुसार प्रधानमन्त्री बनेको र यसमा कुनै ह्विप नलाग्ने भएकाले माधवकुमार नेपालको समर्थन आउने सम्भावना बलियो रहेको छ । त्यतिमात्रै कहाँ हो र ठाकुरजीको समर्थन देउवालाई प्राप्त हुने मण्डलले बताए ।

पार्टीका एक अर्का नेताका अनुसार देउवालाई ठाकुर समूहलाई सरकारमा ल्याउने गरी छलफल भइरहेको छ । एक शक्तिशाली मन्त्रालयसहित ठाकुर पक्षलाई सरकारमा सामेल गराउने कुरो भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !