१२ श्रावण २०८१, शनिबार

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब भन्दा बढीको कारोबार

प्रकाशित मिति :  14 July, 2021 4:18 pm


काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार आज सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक १.०१ अंकले बढरे २ हजार ८७२.०५ अंकमा पुगेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.१४ अंकले घटेर ५३९.३८ अंकमा पुगेको छ ।

आज कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये ५ ओटा उपसमूहको परिसूचक घटेको छ भने बाँकी रहेका ८ ओटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबारको आधारमा गोर्खाज फाइनान्स लिमिटेड अग्र स्थानमा रहेको छ । यो कम्पनीको २९ करोड ४७ लाख ६९ हजार २५० रुपैयाँ बराबरको सेयर खरिदविक्री भएको हो ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । सेयर मूल्य वृद्धि हुनेमा हिमालयन पावर पार्टनर रहेको छ । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

आज २१४ ओटा कम्पनीको ४ करोड ४७ लाख ३६ हजार कित्ता सेयर ५ अर्ब ६५ करोड ४७ लाख ७६ हजार रुपैयाँमा खरिद विक्री भएको छ ।



प्रतिक्रिया दिनुहोस !