१२ श्रावण २०८१, शनिबार

खुला राजनीतिमा आएपछि प्रचण्डसँग विप्लवको पहिलो भेट

प्रकाशित मिति :  14 July, 2021 6:46 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

विप्लव खुल्ला राजनीतिमा आएपछि पहिलोपटक प्रचण्डसँग आज भेटवार्ता भएको हो । विप्लव गत फागुनमा सार्वजनिक भएपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई मात्रै भेट गरेका थिए ।

यसअघि नेकपाकै नेता धर्मेन्द्र बास्तोतालले प्रचण्डलाई भेटेपनि विप्लवले भने पहिलोपटक प्रचण्डसँग भेट गरेका हुन् । प्रचण्डलाई भेट्न विप्लव खुमलटार पुगेका   थिए ।

प्रचण्डसँग भेट गर्न महासचिव विप्लव नेता धर्मेन्द्र वास्तोला, केन्द्रीय सदस्य तथा कार्यालय सचिव असलसहित प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस !