१२ श्रावण २०८१, शनिबार

हत्या अभियोगमा फरार व्यक्ति १४ वर्षपछि अर्घाखाँचीमा पक्राउ

प्रकाशित मिति :  14 July, 2021 7:30 pm


अर्घाखाँची । हत्या अभियोगमा फरार अभियुक्तलाई १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तुको बाणगगां नगरपालिका वाड नम्वर १ उप्टहवाबाट प्रहरीले हत्या अभियोगमा १४ वर्षदेखि फरार एक व्यक्तिलाई पक्राउ गरेको छ ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका वाडनम्वर ५ निवासी वर्ष ४२ का हुमबहादुर रास्कोटी मगर हिजो प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिए ।

२०६४ साल कार्तिक २६ गते अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका वाड नम्वर ५ का वर्ष २१ का नारायण सूर्यवंसीलाई उनकै घरमा रास्कोटीसहित तीन जनाले कुटपिट गरी हत्या गरेको आरोप छ ।

घटनामा संलग्न सोही ठाउँका वर्ष ४८ का गनबहादुर खाम्चाकी मगर र सोही स्थानकै वर्ष ४२ का चोकबहादुर खाम्चाकी मगर फरार रहेको प्रहरी निरीक्षक सूचना अधिकारी गणेश खनालले जानकारी दिए । घरायसी रिसिविका कारण योजनामा कुटपिट गरेको प्रहरीसँग मगरले स्वीकार गरेको प्रहरी प्रमुख थापाले बताए ।

पक्राउ परी हिरासतमा रहेका मगरलाई अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !