आफैले बनाएको गोरेटोलाई गन्तव्यसम्म पुर्याउ नेपाललाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौ । प्रधानमन्त्री शेर बहादुर देउवाले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफैले बनाएको गोरेटोलाई गन्तव्यसम्म पु¥याउन आग्रह गरेका छन् ।
देउवाले शपथ लिएको भोलि पल्ट नेपाल निवास कोटेश्वर पुगेर यस्तो बताएका हुन् । देउवा निकट स्रोतका अनुसार विश्वासको मत पु¥याउने विषयमा छलफल गर्दा उनले यस्तो कुरो गरेका हुन् ।
एमालेको नेपाल समूहका सांसदको समर्थनमा विश्वासको मत पाउने आधार जुटाएर प्रधानमन्त्री नियुक्त भएका देउवाले उनलाई भेट्न उनकै निवास पुगे ।
शपथ भएपछि विश्वासको मत पु¥याउने जिम्मा देउवाको काँधमा पुगेका बेलाो उनले नेपाललाई भेटेका हुन् । देउवाले आफूले नाइ नाइ प्रधानमन्त्री नबन्ने भनिरहेका बेला नेता नेपालले आफ्नो समूहको सांसदको सहयोग तपाईँलाई हुने भनेर पहल लिन लगाएका थिए ।
सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न किटानी फैसला भएपछि नेपालले अब पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विरूद्धको गठबन्धनमा सक्रिय नहुने पार्टी एकता तर्फ लाग्ने बताएका थिए ।