२३ जेष्ठ २०८०, मंगलबार

एग्रोमाट नेपाल प्रा.लिका अध्यक्ष अर्जुन भट्ट पक्राउ

प्रकाशित मिति :  14 July, 2021 9:22 pm


काठमाडौं । ललितपुरको भैसेपार्टीमा रहेको एग्रोमाट नेपाल प्रा.लिका अध्यक्ष अध्यक्ष अर्जुन भट्ट पक्राउ परेका छन् ।

भट्टले एम.पि. ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाण्डौमा गई आफूलाई अख्तियारको डिएसपी भन्दै कर्मचारीहरुलाई अनावश्यक काम गर्न दबाव दिएको आरोप लागेको छ ।

उनले विभागका महानिर्देशक तथा अन्य कर्मचारीहरूलाई काम गर्न अनावश्यक दबाव दिएको, विभिन्न स्थानमा नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि बिकास कम्पनीको सि.ई.ओ. एवं माथिल्लो तहका व्यक्तिहरुसँग सम्पर्क छ भनि प्रभावमा पार्दै हिडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टलाई पक्राउ गरेको हो ।

पक्राउ गरेर महानगरीय अपराध महाशाखामा बुझाईएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !