१२ श्रावण २०८१, शनिबार

सिंगापुरमा नेत्रहीन वृद्धलाई सहयोग गर्ने भारतीय नागरिकको चर्चा

प्रकाशित मिति :  15 July, 2021 8:13 am


काठमाडौं । सिंगापुरमा एक नेत्रहीन वृद्धलाई सहयोग गर्ने भारतीय नागरिक प्रशंसाको पात्र बनेका छन् । सिंगापुरमा एक नेत्रहीन वृद्धलाई सडक पार गरी पोलीक्लिनीक जान सहयोग गर्ने भारतीय नागरिकको प्रशंसा भएको हो । भारतको तमिलनाडु स्थित सिवगंगाई स्थायी घर भएका २६ बर्षीय गुनासेकरन मनीकन्दन सिंगापुरमा प्रशंसाका पात्र बनेका हुन् ।

सिंगापुरमा भूमि सर्वेक्षण सहायकको रुपमा अङ मो कीओ अभेन्यु सिक्समा काम गरिहेको बेला गुनसेकरणले नेत्रहीन वृद्धलाई सडकमा देखेका थिए । ती वृद्धा सडर पार गर्न धेरै लामो समयसम्म उभिएको देखेपछि उनले सडक पार गराएका हुन् । साथै उनले ती वृद्धलाई पोलीक्लिनिक सम्म पुग्न सहयोग गरेका छन् ।

नेत्रहीन वृद्धलाई सडक वार गराईरहेको भिडियो सर्वसाधारणहरुले फेसबुकमा पोष्ट गरेपछि उनको प्रशंसा भएको हो ।उक्त भिडियो हाल सम्म तीन लाख जति मानिसहरुले हेरेका छन् । उक्त भिडियो सार्वजनिक भएपछि सिंगापुरस्थित अस्योरेन्स केयर एण्ड इंगेजमेन्ट ग्रुपले गुनसेकरन लाई सम्मानको टोकन प्रदान गरेको जनशक्ति मन्त्रालयले जनाएको छ ।

सिंगापुरमा जनशक्ति मन्त्रालय मातहतमा गत बर्ष अस्योरेन्स केयर एण्ड इंगेजमेन्ट ग्रुप गठन गरिएको हो । उक्त निकायले उदाहरणीय र सहयोगी काम गर्ने विदेशी कामदारहरुलाई सम्मान र प्रशंसा गर्ने गर्दछ ।



प्रतिक्रिया दिनुहोस !