१२ श्रावण २०८१, शनिबार

माओवादी अध्यक्ष प्रचण्डसँग अस्ट्रेलियाका नयाँ राजदूतले गरे भेट वार्ता

प्रकाशित मिति :  15 July, 2021 12:44 pm


काठमाडौ । नेकपा (माओवादी केन्द्र ) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कलाई कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

नवनियुक्त राजदूत वोल्कले बिहीबार बिहान भेटवार्ता गर्न गएका अध्यक्ष प्रचण्डले नेपाल बसाइ सफल हुने कामना गरेका हुन् ।

अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको जनाउँदै अध्यक्ष प्रचण्डले नेपाललाई अहिलेम्म प्राप्त भएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा आभार प्रकट गरेका थिए ।

भेटवार्तामा राजदूत वोल्कले अष्ट्रेलियाली जनताले नेपाल र नेपालीलाई माया गर्ने गरेको बताए । उनले आफ्नो कार्यकाललाई सफल बनाउन प्रचण्डको सहयोगकाो अपेक्षा गरेको जनाएको प्रचण्ड सचिवालयले जनाएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !