अफगान सरकारले तलिबानबाट पाकिस्तान अफगानिस्तान सीमा आफ्नो नियन्त्रणमा लियो

काठमाडौ । अपगान सरकारले तलिबानले नियन्त्रण कायम गरेको भनेको पाकिस्तान अफगानिस्तान सीमाको नियन्त्रण आफ्नो कब्जामा फेरि लिएको जनाएको छ ।
तर तलिबानले सरकारी दाबीलाई गलत भएको भन्दै त्यहाँ आफ्नो नियन्त्रण कायम कायम गरहेको जनाएको छ ।
बुधबार तलिबानले स्पिन बोल्दक चमन सीमा कब्जामा लिएको र झण्डा फराएको जनाएको थियो । तलिबानले सो सीमाको नियन्त्रण आफ्नो नियन्त्रमा रहेको जनाएको छ ।
अमेरिकी सेना फिर्ता हुने भनेयता तलिबानले अफगानी भूमिमा आफ्नै नियन्त्रण बढाउँदै लगेको. छ ।
पाकिस्तानको चमन शहरको पारी अफगानिस्तान प्राप्तको स्पिन बोल्डक शहर रहेको छ ।
तलिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले त्यो सीमा नाकामा तलिबानकाा लडाकुहरूको नियन्त्र रहेको जनाएका छन् ।
अफगानिस्तानी राष्ट्रपति असरफ गानी बिहीबार उज्बेकिस्तानमा क्षेत्रीय नेताहरूसँग भेटघाट गर्ने भएका छन् ।
पाकिस्तानले नयाँ अफगानी शरणार्थी समस्या र बिग्रिदै गएको सुरक्षा व्यवस्थाबारे समाधान खोज्न सम्मेलनको आयोजना गर्ने जनाएको छ ।