२५ जेष्ठ २०८०, बिहिबार

नेप्से ११.३३ अंकले बढ्यो, ८ अर्ब रुपैयाँको कारोबार

प्रकाशित मिति :  15 July, 2021 4:00 pm


काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सेञ्ज दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ११.३३ अंकले बढेर २ हजार ८८३.३८ अंकमा पुगेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९३ अंकले बढेर ५४१.३१ अंकमा पुगेको छ ।

आज कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये ७ ओटा उपसमूहको परिसूचक घटेको छ भने बाँकी रहेका ६ ओटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबारको आधारमा गोर्खाज फाइनान्स लिमिटेड अग्र स्थानमा रहेको छ । यो कम्पनीको ३५ करोड ६९ लाख १४ हजार ११५ रुपैयाँ बराबरको सेयर खरिदविक्री भएको हो ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । सेयर मूल्य वृद्धि हुनेमा रैराङ हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

आज २२३ ओटा कम्पनीको ५ करोड ८५ लाख कित्ता सेयर ८ अर्ब १४ करोड ३६ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।



प्रतिक्रिया दिनुहोस !