ओली गुट कमजोर हुन थाल्यो,सांसद मन्त्री हुन खोजे

काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै उनको समूहका सांसदले कित्ता काट्न थालेका छन् ।
ओली कमजोर भएर जाँदा एमाले बरिष्ठ नेता माधवकुमार नेपालको पक्ष बलियो हुने अपेक्षा गरिएको छ ।
बुधबार नेता नेपाल निवास पुगेर सरकारमा सहभागी हुन आग्रह गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पुगेयता ओली पक्षका सांसदहरू हलचल पैदा भएको छ ।
ओली गुटका एक नेता तथा पूर्वमन्त्रीले प्रधानमन्त्री देउवा निवास बुढानीलकण्ठ पुगेर आफूलाई मन्त्री बनाए १० जना सांसदको मत दिलाउने विश्वास दिलाएको बुढानीलकण्ठ निवासले यो विषयको पुष्टि गरेको छ ।
यसले नेता नेपाललाई देउवाको सरकारमा सामेल हुन अघि पार्टीका सांसदहरूसँग गहिरो छलफल गरी पहल गरे उनलाई बलियो हुने अवसर प्राप्त एमालेका एक नेताले जनाएका छन् ।
देउवाले त्यो अवस्थामा एमाले नेता नेपाललाई सघाउनु पर्ने विश्वास ती नेताबाट लिएको विषय सार्वजनिक भएको छ ।