१२ श्रावण २०८१, शनिबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा साउन १० गतेसम्म थपियो,सार्वजनिक तथा निजी सवारी साधन प्रवेशमा सहज

प्रकाशित मिति :  15 July, 2021 4:57 pm


काठमाडौं । सार्वजनिक तथा निजी सवारी साधनलाई काठमाडौं उपत्यका प्रवेशमा सहज बनाइएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्दै काठमाडौं उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई सहज बनाइएको हो । ‘अत्यावश्यक काम विशेष’ले भनेपनि प्रवेश पास चाहिने वा नचाहिनेबारे केही उल्लेख छैन ।

उपत्यकाभित्र सञ्चालन हुने निजी सवारी सधानका हकमा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गर्ने भनिएको छ । सार्वजनिक तथा निजी निर्माणकार्यका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्ने उल्लेख छ ।

जारी निषेध आदेशमा सबै प्रकारका सभा, सम्मेलन,सिनेमा हल,पार्टी प्यालेस,डान्सबार,दोहोरी,नाचघर, क्लब,स्वीमिङ पुल, मनोरञ्जन स्थल,सैलुन, ब्युटी पार्लर,हेल्थ क्लब,फुटसल,जिमखाना,संग्रालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम भने सञ्चालन गर्न नपाउने भनिएको छ ।
त्यस्तै शैक्षिक संस्थाहरुले पनि भौतिक उपस्थितिमा पठनपाठन गराउन पाउने छैनन् । निषेधाज्ञा साउन १० गतेसम्म कायम रहने छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञा आदेश :



प्रतिक्रिया दिनुहोस !