१२ श्रावण २०८१, शनिबार

चर्चित अभिनेता ज्याकी च्यानको कम्युनिस्ट पार्टीमा सामेल हुने चाहनाबारे सोसल मिडिया उदासीन

प्रकाशित मिति :  15 July, 2021 6:33 pm


काठमाडौ । कुङ् फू सिनेमाको विरासत बोकेका चिनियाँ अभिनेता ज्याकी च्यानले व्यक्त गरेको चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य बन्ने चाहना प्रति सोसल मिडियामा उदासीन प्रतिक्रिया प्राप्त गरेका छन् ।

गत साता चाइना फिल्म एसोसिएसनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै हङकङ जन्मेका ज्याकीले चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य हुन चाहेको बताएका थिए । आफू चिनियाँ हुनुमा गर्व गर्दै यस्तो बताए ।

कम्युनिस्ट पार्टीको सदस्य बन्ने चाहनाका बारे उनले गरेको यो टिप्पणी चिनियाा सोसल मिडिया प्लेटफर्म वेइबोमा राखिएपछि त्यसलाई उत्साही समर्थन प्राप्त भएन् ।

तर कतिपयले चानको यो विषयलाई उनको प्रशंसा गरेका छन् ।

६७ वर्षीय एक्सन स्टार ज्याकी चीनको राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस !