९ जेष्ठ २०८२, शुक्रबार

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, नतिजा सजिलै हेर्ने तरिका यस्तो छ

प्रकाशित मिति :  15 July, 2021 6:33 pm


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन तथा विक्री खुल्ला गरेको आइपीओ आज बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेका थिए ।
माग भन्दा बढी आवेदन परेकोले कम्पनीको सेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ८० हजार ५०० जनाले मात्रै सेयर पाएका छन् ।

कम्पनीले असार २४ गतेदेखि कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणको लागि विक्रीमा ल्याएको थियो ।

आईपीओको रिजल्ट यूनियन लाइफको वेबसाइटबाट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट,मेरो सेयरको वेबसाइट र आइपिओ रिजल्टको वेबसाइट मार्फत हेर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !