१२ श्रावण २०८१, शनिबार

लुम्बिनी प्रदेश सभाको अधिवेशन मध्यरातमा अन्त्य,अध्यादेशबाट बजेट ल्याउने तयारी

प्रकाशित मिति :  16 July, 2021 7:07 am


काठमाडौं । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको छ ।

बजेट पारित हुने सम्भावना नदेखेपछि मुख्यमन्त्री पोखरेल शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले गएराति अधिवेशन अन्त्य गरेका हुन् ।

हिजोको बैठकबाट बजेट पारित नहुने देखिएपछि सत्तापक्षले नै बजेटलाई अलपत्र पारेर बैठक बहिष्कार गरेको थियो । बैठक बहिष्कारपछि छलफलको वातावरण नबनेको भन्दै दुवै पक्षले प्रदेशसभा सचिवालयमा शुक्रबार १ बजेसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

सचिवालयले सूचना टाँस गर्दै आज १ बजेसम्मका लागि बैठक स्थगित गरेको थियो । तर मध्यराती बजेट अधिवेशन अन्त्य भएको छ । लुम्बिनी प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याउने गरि छलफल सुरु गरेको छ ।

प्रदेश सरकारको आगामी वर्षको बजेट हिजो पारित गर्न नसकेपछि आजदेखि सुरु हुने नयाँ आर्थिक वर्षका सरकारी काम प्रभावित हुनेछन् । बजेट सम्बन्धि विधेयक पारित नभएसम्म सरकारी ढुकुटीबाट रकम खर्च गर्न मिल्दैन ।

त्यस्तै यातायात, मालपोतलगायतका राजस्व संकलन गर्ने कार्यालयमा आजदेखि कुनै काम हुन सक्ने छैन । यसँगै लुम्बिनी प्रदेश सरकार संकटमा परेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !