१२ श्रावण २०८१, शनिबार

४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना,सर्तक रहन आग्रह

प्रकाशित मिति :  16 July, 2021 7:24 am


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभाग अन्तर्गतको महाशाखाले दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखिमध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

राती देशभर सामान्य देखिपूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूर–पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले सर्तक रहन आग्रह गर्दै भनेको छ,“पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।”



प्रतिक्रिया दिनुहोस !