१२ श्रावण २०८१, शनिबार

सरकारले मिडियामाथि अकुंस लगाएको पाकिस्तानी विपक्षी पार्टीको आरोप

प्रकाशित मिति :  16 July, 2021 8:21 am


पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुस लगाएको पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले आरोप लगाएका छन् ।
पाकिस्तानमा प्रधानमन्त्री खानको सरकारले मिडियालाई धम्काउने, हस्तक्षेप र दमन गर्दै प्रेस स्वतन्त्रतामा अंकुस लगाएको पीपीपी अध्यक्ष बिलावलले आरोप लगाएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बोल्दै अध्यक्ष बिलावलले पाकिस्तानमा मिडियामाथिको हस्तक्षेप तथा दमन रोक्नुपर्ने बताएका छन् । प्रधानमन्त्री खानको सरकारले आफ्नो अवैध, असक्षम काम र असफलता लुकाउन मिडियामाथि कडा नियन्त्रण गरेको बिलावलले आरोप लगाए । सरकारको हस्तक्षेपद्धारा स्वतन्त्र पत्रकारहरुलाई बाध्यपूर्वक टेलीभिजन स्क्रिनबाट हटाउने र ती पत्रकारहरु आफ्नो विचार तथा विश्लेषण गर्न सामाजिक सञ्जालमा सिमित हुनु परेको बिलावलले टिप्पणी गरे । मिडियामाथिको दमनले जनतामा आक्रोस र निरासा मात्र पैदा हुने तर मुलुकको फाइदा नहुने पीपीपी अध्यक्ष बिलावलले टिप्पणी गरे ।

विश्व प्रेस स्वतनत्रताको सुचांकमा १८० मुलुकहरुमध्ये पाकिस्तान १४५ औँ स्थानमा रहेको प्रति चिन्ता प्रकट गर्दै प्रेस स्वतन्त्रताको पक्षमा पाकिस्तान पिपुल्स पार्टीको साथ रहने अध्यक्ष बिलावलले प्रतिबद्धता गरे ।

पाकिस्तानमा पत्रकारहरुमाथि हुने आक्रमण, धम्की, अपहरण जस्ता घटनाहरुले प्रेस स्वतन्त्रता संकटमा रहको भन्दै अन्तराष्ट्रिय निकायहरुले पनि चिन्ता प्रकट गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !