१२ श्रावण २०८१, शनिबार

भारतको जम्मु काश्मीरमा कृषकहरु लिची खेतीतर्फ आकर्षित

प्रकाशित मिति :  16 July, 2021 8:24 am


भारतको जम्मु जिल्लामा कृषकहरु लिची खेतीमा नाफा कमाएर उत्साहित बनेका छन् । जम्मु जिल्लामा लिची कृषकहरुले गत बर्ष भन्दा यो बर्ष लिची खेतीबाट प्रशस्त नाफा कमाएको बताएका छन् ।

जम्मु काश्मीरस्थित बोटविरुवा तथा फलफुल विभागले सहुयित कार्यक्रमहरु प्रदान गरेका कारण पनि थप लाभ कमाउन सकेको लिची कृषकहरु बताउँछन् । स्थानीय सरकारले कृषिमा गरेको सहुलियत कार्यक्रमले पनि किसानहरु लिची खेतीमा उत्साहित देखिएका छन् ।

फलफुल किसानहरुका लागि स्थानीय सरकारले उत्पादन, प्याकिजिङ लगायतका बिषयमा प्रशिक्षण दिने गरेको छ । लिची जस्ता फलफुल खेतीले स्थानीय किसानहरुको जीवनस्तर सुधार भईरहेको एक लिची कृषकले बताए ।

लिची तथा फलफुल खेती एक पटकको लगानी रहेको भन्दै अन्नबाली खेती भन्दा लिची खेती धेरै नाफामुलक रहेको स्थानीय कृषकहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !