१२ श्रावण २०८१, शनिबार

दुईओटा कम्पनीले पाए आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

प्रकाशित मिति :  16 July, 2021 1:37 pm


काठमाडौं । नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र सानिमा लाईफ इन्स्योरेन्सलाई प्राथमिक सेयर आईपीओ निष्कासनको अनुमति दिएको छ ।

दुईओटै कम्पनीलाई आईपीओ निष्कासन गर्नका लागि बोर्डका सह-प्रवक्ता रुपेश केसीले बिहीबार अनुमति दिइएको बताएका हुन् ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई बोर्डले रू तीन करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कानका लागि अनुमति दिएको हो ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआर्ई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

त्यस्तै, सानिमा लाईफ इन्स्योरेन्सले रु ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डबाट अनुमती पाएको छ ।
सानिमा लाईफको आईपीओ विक्री प्रबन्धकमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस !