१२ श्रावण २०८१, शनिबार

ओली नेपाल झन् झन् टाढिए

प्रकाशित मिति :  16 July, 2021 2:20 pm


काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल झन्झन् टाढिएका छन् ।

ओलीले शुक्रबार बोलाएको स्थायी कमिटि बैठक रोक्न गरिएको नेपाल पक्षको आग्रहलाई नमाने पछि दुई पक्ष झट टाढिन पुगेको देखिएको हो ।

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा पुगेर नेपाल पक्षका नेताहरू उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल लगायतले अध्यक्ष ओलीलाई पार्टी एकता जोगाउनका लागि यो स्थायी समितिको बैठक रोक्न आग्रह गरेका थिए ।

तर ओलीले बैठक नरोक्ने अडान लिएर बैठक जारी राखेका थिए । त्यो देखेर रावल लगायतका नेताहरू बैठकस्थलबाट बाहिरिएका थिए ।

बाहिरिने क्रममा उपाध्यक्ष रावलले एमाले एकता प्रक्रिया अब झन् झन् बन्दै गएको बताए ।

उनले कार्यदलको सहमतिअनुसार शीर्ष तहमा वार्ता गरेर स्थायी कमिटी र आवश्यक परे अन्य कमिटीको बैठक बोलाउनुपर्ने कार्यदलको सुझाव विपरीत बैठक राखेर अध्यक्ष ओलीले पार्टी एकतालाई थप जटिल बनाएकाो बताए ।

 



प्रतिक्रिया दिनुहोस !