२३ श्रावण २०७९, सोमबार

अर्थतन्त्रबारे देउवा सरकारले श्वेत पत्र जारी गर्ने

प्रकाशित मिति :  16 July, 2021 2:33 pm


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गरिने बताएका छन् । आज सिंहदरबारस्थित अर्थमन्त्रालयमा आर्थिक पत्रकारहरूसँगको भेटघाटमा मन्त्री शर्माले सरकारबाट श्वेतपत्र जारी हुने बताए ।

यसअघि एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले पनि आफ्नो कार्यकाल सुरु गर्दा मुलुकको अर्थतन्त्रबारे श्वेतपत्र जारी गरेको थियो ।

ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट के हुने भनी सोधिएको प्रश्नको जवाफमा अर्थमन्त्री शर्माले साउन ३ गते संसद बैठकमा संसदले जे गर्ने हो त्यही हुने बताए ।

ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटबारे बाहिर विभिन्न थरी चर्चा चलिरहेको बेला मन्त्री शर्माले यसको निर्णय संसदले नै निर्णय लिने बताए ।

 



प्रतिक्रिया दिनुहोस !