१२ श्रावण २०८१, शनिबार

लुम्बिनीमा प्रदेश सभा अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट

प्रकाशित मिति :  16 July, 2021 3:22 pm


फोटो : लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको साइटबाट

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि लुम्बिनी प्रदेश सरकारले मध्यरातमा अधिवेशन अन्त्य गराएर अध्यादेशबाट बजेट ल्याएको हो ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेकापछि प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरेका हुन् ।

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो । हिजो बजेट पारित हुन नसक्ने देखिएपछि सत्ता पक्षले नै बैठक बाहिष्कार गरेको थियो ।

कर्णाली प्रदेश सरकारले पनि बिहीबार अध्यादेशबाट बजेट ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस !