२ भाद्र २०७९, बिहिबार

मेरो माइक्रोफाइनान्सको १४ लाख कित्ता बोनस सेयर डिम्याट खातामा जम्मा

प्रकाशित मिति :  16 July, 2021 4:09 pm


काठमाडौं । मेरो माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।

कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धीत सेयरधनीको डिम्याट खातामा १६.९४ प्रतिशत सेयर जम्मा गरिदिएको हो ।

कम्पनीले असार ३० गते उक्त बोनस बापतको १४ लाख ४८ हजार ६०० कित्ता सेयर सूचीकृत गराएको हो ।

बिहीवारदेखि कारोबार योग्य हुने यो सेयर सम्बन्धीत सेयरधनीले आफ्नो डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न पाउँनेछन् ।

कम्पनीले गत पुस २८ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !