१९ जेष्ठ २०८०, शुक्रबार

चीनले कोरोना खोपको १६लाख मात्रा नेपाललाई अनुदान सहयोगमा दिने

प्रकाशित मिति :  16 July, 2021 5:03 pm


काठमाडौ । चीनले नेपाललाई कोरोनाभाइरस खोपको १६ लाख मात्रा थप अनुदान सहयोगमा दिने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यन्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दा यो जानकारी दिएकी छिन् ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा यस्तो जनाकारी दिइएको छ ।

भेटमा राजदूत होउले नेपाललाई कोरोनाभाइरसको लडाइँमा निरन्तर सहयोग गरिरहने जनाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !