१२ श्रावण २०८१, शनिबार

विटकोइन उधोगमा मंदीका कारण चीनमा साना जलविधुत आयोजनाहरु संकटमा

प्रकाशित मिति :  17 July, 2021 8:57 am


चीन सरकारले विटकोइन उधोगमाथि कडा नियन्त्रण गरेपछि साना जलबिधुत परियोजनाहरु संकटमा परेका छन् । चीनमा क्रिप्टोकरेन्सी विटकोइन उधोगमाथी सरकारी नियन्त्रण बढेपछि साना जलविधुत परियोजना बिक्रि र बन्द हुने क्रम बढेको छ । चीनमा विटकोइन उधोगले पर्यावरणीय असर पार्ने भन्दै सरकारले त्यस्ता उधोगहरुमाथि नियन्त्रण तथा बन्द गर्ने नीति अपनाएको छ ।

विटकोइन उधोगले पर्यावरणीय असर पार्दै चीनको कार्वन उत्सर्जन न्यूनीकरणको लक्ष्यमा बाधा पुग्ने भएका कारण सरकारले यस्ता उधोगमाथि नियन्त्रणको नीति अपनाएको हो । विटकोइन उधोगमा मंदी लागेपछि चीनमा धेरै साना जलविधुत परियोजनाहरु संकटमा परेका छन् । पछिल्लो समय चीनमा साना जलविधुत परियोजनाहरु बिक्रि गर्ने क्रम बढेको छ भने कोही बन्द हुनुपर्ने स्थिति छ ।

विश्वको करिब ७५ प्रतिशत विटकोइन उत्पादन हुने चीनमा सरकारले करिब ९० प्रतिशत त्यस्ता उधोगहरु बन्द गर्न आदेश दिएको छ । पर्याप्त जलश्रोत भएको सिचुआन प्रान्तस्थित सस्तो विधुत उपलब्ध गराउने केही जलविधुत तथा त्यँहा सञ्चालित २६ वटा विटकोइन उधोगहरु बन्द गर्न सरकारले आदेश दिएको छ । चीनमा स्थानीय सरकारको सहायतामा निजी तथा सार्वजनिक साना जलविधुत परियोजनाहरु जताततै सञ्चालित छन् ।

तर, विटकोइन उधोगसँग जोडिएका जलविधुतहरु भने संकटमा परेका छन् । चीनको नौ प्रान्तहरु जोडिएको यांग्जी नदी आर्थिक क्षेत्रमा मात्रै २५ हजार भन्दा धेरै पचास मेगावाट सम्मका साना जलविधुत आयोजनाहरु सञ्चालित छन् । जलविधुत को मात्रा ठाउँ अनुसार फरक हुन्छ, २२ हजार ५ सय मेगावाट क्षमताको थ्री जर्ज ड्याम जलविधुत बाँध भएको चीनमा पचास मेगावट क्षमता सम्मको जलविधुत परियोजनालाई साना परियोजना मानिन्छ ।

हाल चीनमा विटकोइन उधोगमाथि सरकारको नियन्त्रणले यस्ता हजारौँ साना जलविधुत परियोजना संकटमा परेका छन् । स्रोत साउद चाईना मर्निङ पोष्ट



प्रतिक्रिया दिनुहोस !