२३ जेष्ठ २०८०, मंगलबार

संघीय संसदका तीन जना कर्मचारीलाई कोरोना संक्रमण

प्रकाशित मिति :  17 July, 2021 5:18 pm


काठमाडौं । संघीय संसदका तीन जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

भोलिदेखी सुरु हुने संघीय संसदको अधिवेशनको तयारीका लागि हिजो र आज ८०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्य तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुख, सांसद, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारको एन्जिेनमार्फत कोरोना परीक्षण गरिएको थियो ।

परीक्षण गर्नेमध्य ७९८ जनाको भने नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार न्यौपानेले जानकारी दिए । एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएकालाई पीसीआर परीक्षण गर्न पठाइएको उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !