१२ श्रावण २०८१, शनिबार

संघीय संसदको बैठक आजदेखि सुरु हुँदै

प्रकाशित मिति :  18 July, 2021 7:35 am


फाइल फोटो

काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार सङ्घीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदैछ ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन् ।

जेठ ७ गते मध्यराति तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी   थिइन् । तर सर्वाेच्च अदालतले यही असार २८ गते पुन:स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेको थियो ।

फैसला अनुसार देउवा प्रधानमन्त्री बनिसकेका छन् भने आज संघीय संसदको बैठक बस्न लागेको हो ।

कोभिड–१९ सङ्क्रमणको जोखिम कायममै रहेको बेला शुरु हुन लागेको अवधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भइसकेको संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !