१९ जेष्ठ २०८०, शुक्रबार

५ वटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  18 July, 2021 7:47 am


काठमाडौं । सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग अन्तर्गतको महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा पनि धेरै भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । साथै सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

सतर्कता अपनाउन आग्रह गर्दे महाशाखाले भनेको छ,«“पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।”

 



प्रतिक्रिया दिनुहोस !