१२ श्रावण २०८१, शनिबार

बेइजिङमा यो बर्षकै सबैभन्दा भारी बर्षा, जनजीवन प्रभावित

प्रकाशित मिति :  18 July, 2021 8:42 am


चीनको राजधानी बेइजिङमा यो बर्षकै भारी बर्षा भएपछि जनजीवन प्रभावित भएको छ । बेइजिङमा भारी बर्षाका कारण खेलकुद, शैक्षिक, आर्थिक क्रियाकलापहरु साथै दैनिक जनजीवन प्रभावित भएको छ ।

बेइजिङमा जीर्ण आवासमा बस्ने मानिसहरुलाई स्थानान्तरण गरिएको छ भने मानिसहरुको उद्धारका लागि हजारौँ सुरक्षाकर्मीहरु खटाईएको छ । चीनको उत्तरी क्षेत्रहरु हेवेई र तीयान्जिन शहरमा बर्षाको ठुलो प्रभाव परेको छ । चीनमा यो सन् २०२१ कै सबैभन्दा भारी बर्षा परेको हो । चीनको राष्ट्रिय मौसम विज्ञान विभागले जीयांसु र अन्हुई क्षेत्रमा एक सय पचास मिलीमिटर सम्म भारी बर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

बेइजि मा सन् २०१२ मा पनि छ दशक कै सबै भन्दा भारी बर्षा हुँदा मानवीय तथा भौतिक क्षति भएको थियो ।



प्रतिक्रिया दिनुहोस !